राजनीति-समाज

भोटेकोशी बाढी अपडेट : मृतकको सङ्ख्या ७८८ पुग्यो, अझै २५ सय जना सम्पर्कविहीन

भोटेकोशी बाढी अपडेट : मृतकको सङ्ख्या ७८८ पुग्यो, अझै २५ सय जना सम्पर्कविहीन


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपश्चात् आइतबार बेलुकी ६ः०० बजेसम्म ७८८ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार विभिन्न आठ जिल्लाबाट ७८८ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, चितवनमा २६४, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० जनाको मृत्यु भएको छ ।

Advertisement

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्पछि अझै झन्डै दुई हजार ५०० जना सम्पर्कविहीन रहेका छन् ।

प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ । उद्धार तथा खोजी कार्य तीव्ररूपमा अघि बढाइएको छ ।

विपद्का कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाको काम जारी छ ।