काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावितको खोजी, उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
पार्टीको तर्फबाट अहिलेसम्म भए–गरेका काम कारबाहीबारे ब्रिफिङ लिएपछि सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।
खोजी, उद्धार र राहतको काममा प्रभावकारी भूमिका खेल्न पार्टीको सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले बताए ।
आइतबारको छलफलमा महामन्त्री विपीन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेलगायतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया