राजनीति-समाज

तीन तहको सरकारबीच समन्वय हुन नसकेको मुख्यमन्त्रीको गुनासो

तीन तहको सरकारबीच समन्वय हुन नसकेको मुख्यमन्त्रीको गुनासो


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढीपछि उद्धार र राहत कार्यमा तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका छन् ।

आइतबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भएको भेटका क्रममा मुख्यमन्त्री थापाले यस्तो गुनासो गरेका हुन् । सभापति लामिछानेलाई भेट्न मुख्यमन्त्री बनस्थलीस्थित रास्वपाको केन्द्रीय पार्टी कार्यालय पुगेका थिए । सो अवसरमा उनले तीनका सरकारबीच समन्वय हुन नसक्दा प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको सुनाएका थिए ।

Advertisement

तीन तहमा कसले के काम गर्ने छुट्याउन आवश्यक रहेको उनको भनाइ थियो । यस्तै, उनले प्रधानमन्त्री वालेन्द्र शाह प्रभावित क्षेत्रमा जाँदासमेत प्रदेश सरकारले जानकारी नपाएको भन्दै दुःख व्यक्त गरे ।

मुख्यमन्त्री थापाले बाढीप्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पठाउन असहज भएको जानकारी गराएका थिए । उनले जलवायु परिवर्तनको असर लामो भएकाले खोला किनारमा बस्तीहरू स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्यकारी ढङ्गबाट काम गर्न आवश्यक रहेको बताए ।

सभापति लामिछानेले विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्ने बताए । उनले यतिबेला सरकारले समन्वय गरेर काम गर्न आवश्यक रहेको उल्लेख गरे । उनले सङ्घीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए ।