काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले विपद् प्रतिकार्यमा परम्परागतरूपमा मन्त्रालयमा बसेर कागजात हेर्ने शैलीभन्दा डिजिटल माध्यमबाट कमान्ड तथा समन्वयलाई प्राथमिकता दिइएको बताएका छन् ।
गृहमन्त्री गुरूङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको सहभागितामा विपद् प्रतिकार्य कमान्ड सेन्टरबाट काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार अनलाइन माध्यमबाट प्रत्येक चार घन्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक हुँदै आएको छ ।
विपद्को प्रतिकार्यमा स्थलगत अवस्थाको जानकारीबिना कार्यालयबाट मात्र नेतृत्व गर्ने पुरानो अभ्यासले अपेक्षित परिणाम दिन नसकेको उनको टिप्पणी छ । विगतमा अपनाइएको नेतृत्व शैलीका कारण उत्पन्न समस्याबाट पाठ सिक्दै अहिलेको व्यवस्थापन प्रणालीलाई त्यसबाट फरक बनाइएको उनले बताएका छन् ।
गुरूङले डिजिटल माध्यमको प्रयोगबाट निर्णय, समन्वय र प्रतिकार्यका काम तुलनात्मकरूपमा छिटो तथा प्रभावकारी भइरहेको दाबी गरेका छन् । मन्त्रालयको टेबल पछाडि बसेर गरिने कामभन्दा प्रविधिमा आधारित समन्वय प्रभावकारी भएको उनको भनाइ छ ।












प्रतिक्रिया