काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले मंसिरमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अनुमोदन गरेको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले बताए।
उनका अनुसार असोज १५ गतेदेखि वडा अधिवेशन, २० गते पालिका, २३ गते प्रदेश र निर्वाचन क्षेत्र एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ।
बैठकले महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शाशंक कोइरालालाई महाधिवेशन गर्नका लागि केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति, अनुशासन समितिहरू आवश्यक परामर्श गरी गठन गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ।












प्रतिक्रिया