काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुमबासी भोट बैंकमात्र भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले बागमती किनारका सुकुमबासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सवाल जवाफ गर्दै सामाजिक सञ्जालमार्फत बालेनले पटकपटक राज्य संरचनाको नेतृत्व लिँदा ओलीले काठमाडौंको सुकुमबासी समस्या समाधान गर्न नसकेको बताएका हुन्…