मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको छ : महासचिव पोखरेल

मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको छ : महासचिव पोखरेल

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशभर मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको बताएका छन् । मिसन ग्रासरुट अभियानका सबै प्रतिवेदनका आधारमा पार्टी केन्द्रीय कमिटीको आगामी कार्ययोजनाको जग तयार गरिने उनले बताए ।

काठमाडौँको महाराजगञ्जमा भएको मिसन ग्रसरुट अभियान र सिकाइ छलफल तथा अन्तर्क्रिया कार्यक्रममा पार्टीले हाल अभियानको समीक्षा गरिरहेको उनले जानकारी दिए । “एउटा प्रदेशमा ९० वटा प्रतिवेदन तयारी हुने र देशभरिका ७५३ पालिकाबाट अलगअलग प्रतिवेदन आउनेछ । पार्टी कमिटीको कार्ययोजना सबै प्रतिवेदनका आधारमा बन्नेछ”, उनले भने ।

प्रदेशको प्रतिवेदनका आधारमा प्रदेशको कार्ययोजना बन्ने, जिल्ला प्रतिवेदनको निष्कर्षका आधारमा जिल्ला कार्ययोजना बन्ने र पालिका प्रतिवेदनका आधारमा पालिका कार्ययोजना निर्माण गर्ने तयारी गरिएको महासचिव पोखरेलले बताए ।

नेपालको राजनीतिक इतिहासमा यति ठूलो अभियान यो पहिलोपटक गरिएको भन्दै उनले पार्टीले के अपेक्षा राखेको थियो र केकस्तो नतिजा आयो भन्ने कुरा आगामी दिनमा आधारभूत तहका प्रतिवेदनले दिने बताए ।

महासचिव पोखरेलले भने, “आगामी चार वर्षपछिको निर्वाचनमा बलियो राष्ट्रिय बहुमत प्राप्त गर्न सहज होस् भनेर पार्टीले देशव्यापी अभियान चलाएको छ । वैचारिक सङ्गठानिक अभियानको मुख्य उद्देश्य युवाबीच पार्टीलाई पुर्‍याउन र स्थापित गर्न पनि हो ।”

“मिसन ग्रासरुट पार्टी सुदृढीकरणको विस्तार अभियानलाई हामीले अगाडि बढाउन खोजेका छौँ । मिसनको उद्देश्य तत्कालको परिणाममा हामी केन्द्रित छैनौँ । चार वर्ष पछाडि यो मुलुकमा नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नेछ । मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्नसक्ने खालको बहुमतको सरकार बनाउने सामथ्र्यका रूपमा हामीले अभियानलाई हेरेका छौँ”, उनले थपे । पार्टीभित्रको सक्रियता निष्क्रियता सबै मापन गरेर सक्रियको जमातका रूपमा पार्टीलाई रुपान्तरित गरिने उनको भनाइ थियो ।

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले पार्टीले देशभर सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको अनुभव र सिकाइ केकस्ता भए भनेर छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

यस अभियानले पार्टीमा थप सहयोग पु¥याउन सहरमा मात्र केन्द्रित नभएर हरेक स्थानीय तहसम्म पार्टीलाई सुदृढीकरण गर्न सहयोग पुग्ने बताए । पार्टीलाई सही ढङ्गले प्रतिक्रिया दिन अनुभव र सिकाइको अन्तर्क्रिया गरिएको उनको भनाइ छ ।