मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

सेवा निवृत्त शिक्षकहरुका पेन्सन नरोक्न सरकारसँग अपिल

सेवा निवृत्त शिक्षकहरुका पेन्सन नरोक्न सरकारसँग अपिल


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

चितवन । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले निवृत्तिभरण निकासा नभएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी समाजका अध्यक्ष अम्बिकामान मानन्धरले शिक्षकहरूको मात्र निवृत्तिभरण किन रोकिएको भनी प्रश्नसमेत गरेका छन् ।

ुसेवा निवृत्त शिक्षकहरूलाई निवृत्तिभरण (पेन्सन) सरकारको सामाजिक दायित्वभित्र पर्छ । यो शिक्षक आन्दोलनका उपलब्धिहरूमध्येको एक हो । त्यसैले यसलाई नरोक्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ, विज्ञप्तिमा भनिएको छ ।

Advertisement

विगतमा नियमितरूपमा प्राप्त भइरहेको निवृत्तिभरण २०७९ चैत महिना नाघ्दा पनि सरकारले निवृत्तिभरण निकासा नगरेको जनाइएको छ । यसले निवृत्तिभरणको भरमा जीवन निर्वाह गरिरहेका ज्येष्ठ नागरिक शिक्षकहरू प्रभावित भएका छन् । समाजले शिघ्रातिशीघ्र शिक्षकहरूको निवृत्तिभरण निकासाको लागि सरकारसँग अपिल गरेको छ ।

विज्ञप्तिमा के सरकार आर्थिकरूपले टाट पल्टेकै हो भन्ने प्रश्न गर्दै भनिएको छ, ‘यदि टाट पल्टेकै भए शिक्षकहरूको लागि मात्र निवृत्तिभरण किन रोकिन्छ ? के शिक्षकहरूलाई सरकारले विभेद गरेकै हो ?’

सरकारबाट शिक्षकहरूलाई विभेदपूर्ण व्यवहार नगरियोस् र निवृत्तिभरण यथाशीघ्र निकासा गरियोस् भन्दै विज्ञप्तिमा समाजको यो आग्रहलाई बेवास्ता गरे यसबाट उत्पन्न कुनै पनि स्थितिको जवाफदेही सरकार स्वयम् हुने चेतावनी पनि दिइएको छ ।

शेयर गर्नुहोस:

243
Shares