काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना र पार्टीको झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने प्रवृत्तिले सरकारी विद्यालय समस्यामा परेका बताएका छन् । पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित पाङ धैरेनी माध्यमिक विद्यालयमा बनेको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालय पढाउन सक्नेलाईभन्दा आफन्तलाई रोजगारी दिने थलो बनेको बताए । विद्यालयले दिने नतिजाभन्दा पार्टीका झण्डा बोकेका…