मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्छ : महामन्त्री थापा

कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्छ : महामन्त्री थापा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताएका छन् ।

कांग्रेसको शुभेच्छुक संस्था नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक सङ्घले बिहीबार आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा उनले पार्टी रूपान्तरणका लागि गुटहरू भत्काउनुपर्ने बताएका हुन् ।

“कांग्रेसलाई सुधार्नका लागि सबै गुटहरू भत्काउनुपर्छ, कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेबीच प्रतिस्पर्धा हुनुपर्छ”, उनले भने । उनले कांग्रेसले युवालाई भविष्यप्रति आशावादी बनाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कांग्रेस बनाउने जिम्मा कांग्रेसको काँधमा आएको उनको भनाइ थियो ।

“कांग्रेसले आजका दिनमा कुशासन, बेथिति र भ्रष्टाचार म हटाउँछु, मुलुकलाई आजभन्दा भोलि राम्रो बनाउँछु, राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्न सक्नुपर्छ”, महामन्त्री थापाले भने । कांग्रेस कमजोर नभएको र पुनःनिर्माण सम्भव भएको उनको भनाइ थियो । रासस