पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

गण्डकी । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’अन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट २० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्‍याउने विरुद्ध प्रहरीले केही महिना अघिदेखि कास्कीमा ‘स्वीप अप्रेसन’ सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालयसहित मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले…