कोहलपुरका विद्यालय तीन दिन बन्द

नेपालगन्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको कोहलपुर नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा तापक्रम निरन्तर बढ्दै गएपछि विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले सोमबारदेखि लागू हुने गरी तीन दिन बिदा दिने निर्णय गरेको हो। कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद…