कांग्रेसभित्र असहमति अन्त्य गर्दै एकताका लागि सहकार्य गर्न देउवाको जोड

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि स्वदेश फर्किएलगत्तै पार्टीभित्रको असहमति अन्त्य गर्दै राष्ट्रिय एकता र सहकार्यलाई प्राथमिकता दिन आह्वान गरेका छन् । करिब साढे पाँच महिनापछि काठमाडौँ आइपुगेका देउवाले आफू व्यक्तिगत राजनीतिक शक्ति आर्जन गर्ने उद्देश्यले नभई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने भावनाका साथ सक्रिय हुन स्वदेश फर्किएको बताएका हुन्…