राजनीति-समाज

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा आफूहरू सहमत हुन नसक्ने जनाएका छन् ।

देउवा समूहका शीर्ष नेताहरूको सोमबार भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने सो समूहका नेता एनपी साउदले जानकारी दिए ।

Advertisement

संस्थापन पक्षले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर १४ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो ।

महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटून् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट संवोधन गर्न निरन्तर पहलकदमीका लागि सो निर्णय गरिएको हो ।

यसअघि पूर्वसभापति देउवा समूहले गत साउन २९ गतेदेखि तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनपछि संस्थापनइतर पक्षले काँग्रेसको छुट्टै १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

संस्थापन पक्षले यस अघि नै पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ सम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ । यसरी दुवै पक्षले छुट्टाछुट्टै १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको भए पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै राखेको देखिन्छ ।