काठमाडौँ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले पारमाणविक बम प्रहार गर्दा भएको नरसंहारको ७८ औँ स्मृति दिवस मनाइएको छ । अफ्रो–एशियाली जनएकता सङ्गठन (आपसो) नेपालको आयोजनामा आज दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा बम प्रहार गर्दा भएको त्रासदीपूर्ण घटनाको स्मरण गरिएको हो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद (डिपी) अर्यालले…