पत्रकार पौडेल स्मृति अक्षय कोषमा एक लाख सहयोग

कास्की । पोखराका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा स्थापना गरिएको अक्षय कोषमा सोमबार रु एक लाख सहयोग रकम प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले समितिका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा स्थापना गरेको कोषमा हाल जापान निवासी रामचन्द्र र सुशीला राईले सो रकम सहयोग गरेकी हसन् । राई दम्पत्तीले प्रदान गर्नुभएको सो सहयोग रकम…