मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न माग

सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न माग

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि माग गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “विगतदेखि हामीले माग गर्दै आएको २०४७ सालयता सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पत्तिउपर उच्चस्तरीय छानबिन समिति गठन गरौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले अहिले यही माग अघि सारेको छ, त्यो उपयुक्त छ ।” सहकारी ठगीका साथै विसं २०४७ यता भएका सम्पूर्ण ठगीको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने उनले बताए ।

यसअघि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारले सार्वजनिक पद धारण गरेका व्यक्ति र उनीहरुका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गराएका थिए ।