मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

संविधानको कार्यान्वयन अहिलेको आवश्यकता हो : उपाध्यक्ष पौडेल

संविधानको कार्यान्वयन अहिलेको आवश्यकता हो : उपाध्यक्ष पौडेल

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलेवा। नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएका छन् । संविधानले नागरिकलाई सबै हिसाबले सुविधा सम्पन्न बनाएको भए पनि कार्यान्वयन नहुँदासम्म नागरिकले महसुस नगर्ने उनले उल्लेख गरे ।

नेकपा (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेतृत्वदायी भूमिका निर्वाह गरेर जनआन्दोलनमार्फत व्यवस्था परिवर्तन र नयाँ संविधान ल्याएको एमालेले नै संविधानको कार्यान्वयन तथा नागरिकमा आशा जगाउनुपर्ने बताए ।

गृहमन्त्री रवि लामिछानेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्छ भन्नु भ्रम मात्रै भएको उनको भनाइ थियो ।

वर्तमान सरकार ढाल्नकै लागि प्रतिपक्षले संसद्को समय वर्वाद गरेर अनुचित माग गरिरहेको उपाध्यक्ष पौडेलको आरोप थियो। गृहमन्त्रीलाई राजीनामा गराउने र वर्तमान समीकरणमा प्वाल पारेर आफू सत्तामा आउनकै लागि नेपाली कांग्रेसले संसदीय समितिको माग गरेको उनको भनाइ थियो। राज्यका निकायहरुले सहकारी ठगीका विषयमा अनुसन्धान गरिरहेकाले अहिले नै संसदीय छानबिन समितिको आवश्यकता नरहेको उनले बताए।

‘छानबिन नगर्ने भन्ने होइन्, सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको नियत ठिक छैन्, उसले सत्ता समिकरण बिगार्नका लागि मात्रै यो माग गरिरहेको छ’ उपाध्यक्ष पौडेलले भने– ‘संसद्को समय दुरुपयोगको काममा मात्रै कांग्रेस तल्लीन भयो।’

वर्तमान सरकार र सत्ता समिकरण लामो सयम टिक्ने भन्दै उनले अहिलेको समिकरण बिगार्न लागेकाप्रति एमाले सचेत रहेको बताए ।