मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्छ : नेता पौडेल

विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्छ : नेता पौडेल

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरू लाग्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्यामा सोमबार काठमाडौँ आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले निराशाले समस्या समाधान हुन नसक्ने भन्दै नयाँ वर्षमा नयाँ आशा र विधिको शासन स्थापनामा दलहरू लाग्नुपर्ने बताए ।

‘विसं २०८० मा हरेक क्षेत्रमा धेरै प्रश्न उठेका छन्, विसं २०८१ मा उत्तर खोज्ने गरी राजनीतिक दल अगाडि बढ्नुपर्छ’, उनले भने ।

काठमाडौँ क्षेत्र नं ५ का सांसद् पौडेलले प्रश्नहरू उठ्दैमा कोही पनि दोषी नहुने भएकाले संसद्‌मा जोकोहीमाथि उठेका प्रश्नको छानबिन सरकारले गर्नुपर्ने बताए ।

उनले सहकारी ठगी प्रकरणको छानबिन गर्नका लागि समिति बनाउनुपर्ने आफ्नो मागबाट कांग्रेस पछाडि नहटेको बताए । ‘सहकारीको विषय कांग्रेसले निरन्तर आवाज उठाएको छ, राजीनामा नैतिकताको विषय हो’, उनले भने । अरूलाई प्रश्न उठाउने व्यक्तिले आफूले उत्तर दिन सक्नुपर्ने उनको भनाइ छ ।

नेता पौडेलले मुलुकमा सुशासन ल्याउनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए । उनले पछिल्लो समय एकपछि अर्का काण्ड सार्वजनिक भएको भन्दै सबै काण्डको छानबिन गर्नुपर्ने उल्लेख गरे ।