मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

आवेश र उत्तेजनाले समस्या सुल्झदैन : अध्यक्ष ओली

आवेश र उत्तेजनाले समस्या सुल्झदैन : अध्यक्ष ओली

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआई संयमित ढंगले विधिअनुरूप समस्याको समाधान खोज्न आवश्यक रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले काँग्रेसका कारण सदन सञ्चालन अवरुद्ध भएको र विधेयक अघि बढाउने कार्य प्रभावित भएको प्रतिक्रिया दिएका हुन्।

अध्यक्ष ओलीले भने, ‘काँग्रेसले आक्रोश र पीडाले जेपायो, त्यही बोलिरहेको छ। यसो गर्नु हुन्न। संसदीय शासन प्रणालीलाई प्रणालीकारुपमा रक्षा गर्नुपर्छ, यसको मूल्य र मान्यतालाई संरक्षण गर्दै अघि बढ्ने कुरा गर्नुपर्छ।’ सदन अघि बढाउने, चल्ने र चलाउने विषयमा आफ्नै खाले मर्यादा र सीमा रहेको बताउँदै एमाले संसदीय दलका नेता ओलीले पुराना अनुभवका आधारमा कमी कमजोरीलाई सच्याएर जानुपर्ने आवश्यकता औँल्याए।

उनले भने, ‘पहिलेको सरकारको विधेयक पारित गर्न ध्यान नै थिएन, अहिलेको सरकार भरखर आएको छ। काँग्रेस तर्कमा आउँदैन। उहाँहरू ढिपी र जिद्दीमा जानुहुन्छ। त्यो तरिका सच्याउनुपर्छ।’ सरकारले अवरुद्ध सदनलाई सञ्चालन गर्न समन्वयकारी भूमिका निर्वाह गरिरहेको सुनाउँदै उनले बजेट र विधेयक तयारी, प्रस्तुति र छलफलको कार्यभार भएकाले अवरुद्ध सदनमै मात्रै अल्झिएर बस्ने कुरा नभएको प्रतिक्रिया दिए।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘यतिखेर हिउँदे अधिवेशन बन्द हुनै पर्दथ्यो। पन्ध्र दिनको समयावधिपछि बजेट अधिवेशन सुरु हुनुपर्छ। जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यो अघि नीति तथा कार्यक्रम पास गर्नुपर्छ।’ अधिवेशन अन्त्यलाई सामान्यरुपमा लिनुपर्ने र स्वाभाविक प्रक्रिया भएको उनले बताए।