मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ, विश्वको तेस्रो बढी प्रदूषित सहरका रुपमा सूचीकृत

काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ, विश्वको तेस्रो बढी प्रदूषित सहरका रुपमा सूचीकृत

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आइतबार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १६३ एक्यूआई मापन गरिएको छ । आइतबार काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ ।

पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ शीर्ष स्थानमा रहेको छ भने भारतको दिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ ।
यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।

प्रदूषण मापनमा शून्यदेखि ५० सम्मको एक्युआईलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआईलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआईलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अतिखतरा मानिन्छ ।

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।