मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाई ‘हेर्दाहेर्दै’ मा

नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाई ‘हेर्दाहेर्दै’ मा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाइ सर्वोच्च अदालतमा आइतबार ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।

यस प्रकरणमा हाल थुनामा रहेका १० प्रतिवादीले दायर गरेको रिटको आइतबारको सुनुवाई हेर्दा हेर्दैमा सकिएको हो ।

आइतबारको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो । यो रिट आइतबारसहित १०औँपटक हेर्दाहेर्दैमा परेको छ ।

तत्कालीन गृहसचिव टेक नारयाण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौँ जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।