मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
राजनीति-समाज   

नेजा स्थापना दिवसमा रक्तदान

नेजा स्थापना दिवसमा रक्तदान

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसका अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा आयोजना भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । रक्तदानका लागि ३९ जनाले इच्छापत्र बुझाएकोमा स्वास्थ परीक्षण गर्दा ३३ जना मात्र योग्य देखिएका थिए ।

टेक्ससको युलेसस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना गरिएको रक्तदान कार्यक्रम प्रतिकूल मौसमबीच पनि सफल भएको नेजाले जनाएको छ । कार्यक्रममा नेजा, बिडिए, नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका पदाधिकारीहरुको सक्रियता थियो ।

नेजाले स्थापना दिवसका अवसरमा यस पटक विविधि कार्यक्रमहरु गरेर मनाउने भएको छ । अन्तर्क्रिया, वृक्षरोपणलगायतका कार्यक्रमहरु राखिएको नेजाले जनाएको छ ।