काठमाडौँ । नेपाली काँग्रेसले महाधिवेशन भएको एक वर्षपछि ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार सुरू भएको केन्द्रीय समिति बैठकले पहिलो कार्यसूचिमाथि छलफल गर्दै ‘केन्द्रीय कार्यसम्पादन समिति’मा रहने सदस्यको टुङ्गो लगाएको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए । कार्यसम्पादन समिति बनेपछि पार्टीको विधानअनुसार वरिष्ठताका आधारमा २२ केन्द्रीय सदस्य…