मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धादिङमा बस दुर्घटनामा तीन जनाको मृत्यु, १२ घाइते

धादिङमा बस दुर्घटनामा तीन जनाको मृत्यु, १२ घाइते


धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ मा पर्ने पृथ्वीराजमार्गको विशालटारमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।
 
काठमाडौँबाट काँकरभिट्टाको लागि छुटेको बस राति ३ बजेतिर पृथ्वीराजमार्गअन्तर्गत विशालटारस्थित सडकबाट २० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यलय गजुरी धादिङले जनाएको छ ।
 
दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक झापा शिवसतासी गाउँपालिका वडा नं ६ का कमल ढुङ्गाना र सोही स्थान बस्ने सह–चालक नवराज सिवाकोटी रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको स्थानीय मलेखु अस्पतालमा सामान्य उपचारपश्चात् काठमाडौँ लगिएको र उनीहरुको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ । 
 
यसैगरी, बुधबार साँझ पख वीरगंजबाट काठमाडौं जाँदै गरेको ना ५ ख ८७९ नं को बसले च्यापेर बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ स्थित ज्यामिरेघाटमा बुधवार एक जनाको ज्यान गएको छ । मानसिक सन्तुलन ठीक नभएको उक्त व्यक्तिको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ । 
 
खाजा खाएर बस अघि बढाउने क्रममा अन्दाजी ४० वर्षको जस्तो देखिने  तराईमुलका एक व्यक्तिको बसले च्यापेर मृत्युु भएको हो । घटनापछि बस र ड्राइभर प्रहरीको नियन्त्रणमा रहेको जोगीमारा प्रहरीले जनाएको छ ।