मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु


चितवन । जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मंगलबार राति भरतपुर महानगरपालिका–१४ वीरेन्द्रचोकमा गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 
 
मृत्यु हुनेमा ना ४२ प २८१ नम्बरको मोटरसाइकल चालक स्थानीय भीमसेननगर बस्ने वर्ष ४८ का बलराम भण्डारी रहेको प्रहरीले जनाएको छ । 
 
मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ४५ वर्षीया पद्मा भण्डारी गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । राति ११ बजे दुर्घटना भएकोमा उपचारको क्रममा राति १२ः१५ मा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
त्यसैगरी, पूर्वी चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा मंगलबार राति ना ४२ प ४०३१ नम्बरको मोटरसाइकलले स्थानीय ४५ वर्षीया सावित्री चौधरी र ३६ वर्षीय राजेन्द्र चौधरीलाई ठक्कर दिँदा सावित्रीको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
राजेन्द्रको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । राती ९ः१० बजे सो दुर्घटना भएको हो । 
 
सौराहाबाट टाँडीतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।