मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

छोरीहरू र ज्वाई मिलेर हत्या, चार पक्राउ

छोरीहरू र ज्वाई मिलेर हत्या, चार पक्राउ


चितवन । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
 
चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भूमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो । 
 
घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरू अञ्जना दुलाल, बेलकुमारी दुलाल, अप्सरा दुलाल र ज्वाई टेकबहादुर बुढासहितका व्यक्तिको संलग्नता देखिएको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको थापाको भनाइ छ । 
 
उनको आफ्नै घरभित्र धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । मृतक दुलालको टाउकोलगायत शरीरका विभिन्न अंगमा धारिलो हतियार प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ ।
 
उनीहरूले घटना दिउँसो गराए पनि प्रहरीले भने साँझ ५ बजेमात्रै थाहा पाएको थियो । शव सेतो कपडाले छोपी राखेको अवस्थामा फेला पारिएको थियो ।
 
उनीहरूले विगतमा पनि मदिरा पिएर झगडा गर्दै आएको पाइएको र अहिले पनि पारिवारिक झगडाका कारण घटना भएको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले जानकारी दिए । अंशसम्बधीको विवादमा घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।