मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एघार वर्षीया बालिकालाई गर्भवती बनाएपछि….

एघार वर्षीया बालिकालाई गर्भवती बनाएपछि….


भोजपुर । अरुण गाउँपालिका–५, याकु, भोजपुरकी ११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवा पक्राउ परेका छन् । 
 
गर्भवती बालिकाले न्यायका लागि प्रहरीमा उजुरी दिएपछि २० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई मङ्गलबार पक्राउ गरी प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 
 
गत असार पहिलो साता गर्भवती भएको थाहा भएपछि समाज भेला गरेर जिम्मा लगाएको भए पनि केटा पक्षले धरानमा काकाको घर लाने भनी लगेको र केटा बेपत्ता भएको बालिकाको परिवारले बताएको छ । 
 
“महिला विकास अधिकृत पुष्पलता उप्रेतीका अनुसार गर्भवती बालिकाको स्वास्थ्य एकदमै जटिल भएको र बालिकाले पढ्ने इच्छा राखेको हुँदा कुन संस्थामा राख्ने भन्ने निर्णय हुन सकेको छैन ।” यता प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार युवकलाई नियन्त्रणमा लिइसकेकाले कानुनी कारबाही हुनेछ । रासस