हिमालय खबर संबाददाता- काठमाडौँ । नेपालकै पहिलो महिला प्रधानन्यायाधीशका रुपमा ०७३ असारदेखि कार्यभार सम्हालेकी सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिएको छ । सत्ता गठबन्धन माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । कांग्रेस नेता मीनबहादुर विश्वकर्माको प्रस्तावमा माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक रहेको महाभियोग प्रस्तावमा २५९ जना सभासद्ले हस्ताक्षर गरेका छन्…