मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राप्रपा चितवनको उम्मेदवार सिफारिस

राप्रपा चितवनको उम्मेदवार सिफारिस


भरतपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । 
 
राप्रपा चितवनका अध्यक्ष दिलीप पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले नगर कार्यसमिति तथा क्षेत्रीय कार्य समितिबाट सिफारिस भई आएका उम्मेदवार सदस्यहरुलाई सर्मसम्मत रुपमा अनुमोदन गरेको वरिष्ठ उपाध्यक्ष जीवलाल पुरीले जानकारी दिए । 
 
पार्टीले क्षेत्र नंं १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको लागि कृष्णचन्द्र ढुंगाना र वीरबहादुर विसुराल (विनोद)को नाम सिफारिस गरेको छ । समानुपातिकमा पिताम्बर आचार्यको नाम सिफारिस गरिएको पुरीले जानकारी दिए । 
 
यसैगरी क्षेत्र नं १ अन्तर्गत प्रदेश (क) तर्फ समानुपातिकमा गीता चौधरी र केशव खराल तथा प्रदेश (ख) तर्फ टीकाराम तामाङ, गीता पौड्याल र भरत रुपाखेतीको नाम सिफारिस गरिएको छ । 
 
यस्तै, क्षेत्र नं २ को प्रतिनिधिसभामा प्रत्यक्षतर्फ गीरबहादुर तामाङ (ज्ञानु) र समानुपातिकतर्फ वरिष्ठ उपाध्यक्ष जीवलाल पुरीको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ अन्तर्गत प्रदेश(क)को समानुपातिकमा रामचन्द्र पिया, हेमबहादुर नेपाल, नगेन्द्र देउजा र हरि मिश्रको नाम सिफारिस भएको छ भने प्रदेश (ख)मा विष्णु खराल (राई बा) विनितासिंह ठकुरी, सीता मगर, जगदीश अधिकारी र निमा तामाङको नाम सिफारिस गरिएको छ । 
 
यसैगरी, क्षेत्र नं ३ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ डिल्लीराम पाण्डे (दिलीप) र समानुपातिकमा कृष्ण तिवारीको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ । यस्तै क्षेत्र नं ३ अन्तर्गत प्रदेश (क) मा सोमबहादुर कुमाल, पुष्प श्रेष्ठ, शिवशंकर उप्रेती, भीमबहादुर थापा, मीना क्षेत्री र छेदनी महतोको नाम सिफारिस भएको छ भने प्रदेश (ख)मा सीतादेवी बसेल, लीलानाथ देवकोटा, कमलादेवी गुरूङ, कृष्ण तिवारी र कल्पना विकको नाम सिफारिस गरिएको राप्रपा चितवनले जानकारी दिएको छ । प्रदेशसभाको तीनवटै क्षेत्रका लागि प्रत्यक्षतर्फ कुनै पनि उम्मेदवार सिफारिस नगरिएको पार्टीले जनाएको छ ।  
 
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नाम जिल्ला समितिमा सिफारिस गरे पनि पार्टीले गठबन्धन गरेको खण्डमा उक्त नामहरु फेरबदल हुन सक्ने वरिष्ठ उपाध्यक्ष पुरीले बताए ।