सुरुङ्गा (झापा) । हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन् । उनले १५४ सर्वसाधारणबाट करिब रु १४ लाख ठगी गरेको इप्रका, बिर्तामोडले जनाएको छ । आफू हिमानी ट्रष्टको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने…