मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अमेरिकामा बुधबारनै लक्ष्मीपूजा गर्नुपर्ने

अमेरिकामा बुधबारनै लक्ष्मीपूजा गर्नुपर्ने


ड्यालस (टेक्सस), अमेरिका –  अमेरिकामा धनधान्यकी देवी लक्ष्मीको अारधना सहितको पूजा यो वर्ष बुधबारनै गर्नुपर्ने भएको छ ।

 

ड्यालसस्थित पशुपतनाथ तथा बुध्द मन्दिरका पूजारी मेघराज निराैलाले अक्टोबर १८ तारिक बुधबारनै लक्ष्मीपूजा गर्नुपर्ने अवस्था रहेको जनाएका छन् । सामाजीक सञ्जाल फेसबुकमा उनले बुधबबारनै लक्ष्मीपूजा गर्नुपर्नाको कारण दर्शाउँदै जानकारी दिएका छन् । नेपालमा बिहीबार लक्ष्मीपूजा गरिन्छ ।

 

भूगोल फरक रहेको र अमेरिकामा १९ तारिक बिहीबार दिउँसो २ बजेर ११ मिनेट जाँदा अैँासी समाप्त भएर प्रतिपदा सुरूहुन्छ । त्यसले गर्दा अघिल्लो दिन अर्थात १८ तारिक बुधबारनै लक्ष्मीपूजा गर्नुपर्ने पूजा समितिले जनाएको छ ।

 

अमेरिकामा बुधबार दिउँसो १ बजेर ४३ मिनेट जाँदा चतुर्दशी तिथी समाप्त हुन्छ । त्यसोहुँदा अैासीको साँझमा गरिने दीपावली सहितको लक्ष्मीपूजा बुधबारनै गर्नुपर्ने हुन्छ ।

 

अमेरिकामा मात्र होइन क्यानडामा पनि बुधबारनै दीपावली सहितको लक्ष्मीपूजा गर्न पञ्चांगकारहरूले सुझाव दिएका छन् । 

 

फोटो साभारः गुगल