चितवन– चितवनको भरतपुर उकालोमा शुक्रबार बिहान बसको ठक्करबाट मोटरसाइकलको पछाडी सवार एक युवतीको ज्यान गएको छ ।
भरतपुर महानगरपालिका–१०, वीरेन्द्र क्याम्पस गेटअगाडि बा ३ ख २२८० नम्बरको बसले ना २० प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार गोर्खा पात्लुङ–७ बस्ने वर्ष २० की निशा थापाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । बस र मोटरसाईकल दुवै भरतपुरबाट नारायणगढतर्फ जाँदै थियो । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
प्रतिक्रिया