मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसको भोट खाएर मेयर बनेकी रेणुले जिताइन् एमालेलाई

कांग्रेसको भोट खाएर मेयर बनेकी रेणुले जिताइन् एमालेलाई


चितवन– केन्द्रमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र पार्टी एकीकरणको चर्चा भइरहँदा बेला चितवनमा वाम एकतालाई बल पुग्ने गरी माओवादीका मतदाताले एमाले उम्मेदवारलाई भोट हालेका छन् ।
 
चितवनमा स्थानीय तह निर्वाचनमा एकअर्काविरुद्धको मोर्चामा उभिएका नेकपा (एमाले) र माओवादी केन्द्र अन्ततः एउटै मोर्चामा सामेल भएर स्थानीय तह निर्वाचनको समापन गरेका हुन् । बुधबारसम्पन्न चितवन जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादीले एमालेका उम्मेदवारलाई मत दिएर विजयी बनाएको छ ।
 
चितवन जिल्ला समन्व समितिका पदहरुमा निर्वाचित हुन एमालेसँग स्पष्ट बहुमत थियो । माओवादीले पनि एमालेलाई नै मत दिएपछि एमालेका उम्मेद्वार रहेका कृष्णकुमार डल्लाकोटी चितवन जिल्ला समन्वयन समितिको संयोजकमा चुनिए । संयोजकसहित सबै नौ पदमा एमालेका उम्मेदवारहरु विजयी भए ।
 
स्थानीय तहका प्रमुख उपप्रमुखले जिल्ला समितिको पदाधिकारी चुन्न मत दिन पाउँछन् । सातवटा स्थानीय तह रहेको चितवनमा एमालेले चारवटा नगरपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो । माओवादीले भरतपुर महानगर र माडी नगरपालिकामा प्रमुखमात्रै जितेको थियो ।
 
नेपाली काँग्रेसले इच्छाकामना गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा भरतपुर महानगरपालिकामा उपप्रमुख जितेको थियो । स्थानीय तह निर्वाचनमा चितवनको भरतपुरमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । एक्लै चुनाव लडे पनि प्रमुख उपप्रमुख जित्ने हैसियत भएको काँग्रेसले भरतपुरमा माओवादीसँग चुनावी तालमेल गरेर मेयर पद नै माओवादीलाई छाडेको थियो ।
 
चितवनमा जिससका लागि मतदान गर्ने १४ मध्ये एमाले एक्लैको नौ मत थियो । काँग्रेसको तीन र माओवादीको दुई मत थियो । ‘गठबन्धनको पुरानो सहयात्री काँग्रेससँग पनि जित्नयोग्य मत थिएन । एमालेसँग नयाँ गठबन्धन भइसकेको अवस्थामा चितवन जिससमा एमालेकै उम्मेदवारलाई नै मत दिने निर्णय भएको थियो’ माओवादी केन्द्रका चितवन संयोजक यमबहादुर परियारले भने ।
 
माओवादीको पनि मत पाएका कारण एमालेका उम्मेद्वारहरु ११ मत ल्याएर जिससमा चयन भए । काँग्रेसले भरत अधिकारी संयोजक रहेको प्यानल मैदानमा उतारेको थियो । काँग्रेसका उम्मेदवारहरुले आफ्नो दलको तीन मतमात्रै प्राप्त गरे । 
 
माओवादीबाट भरतपुर महानगरपालिकामा मेयरमा निर्वाचित रेणु दाहाल र माडीमा मेयरमा निर्वाचित ठाकुर ढकालले जिससमा एमालेका लागि मत दिए । जिसस निर्वाचन नै स्थानीय तह निर्वाचनको अन्तिम बिन्दु हो । 
 
भरतपुरको चुनाव सम्पन्न हुँदा निकै उतार चढावहरु भएका थिए । मेयर उपमेयर दुवैमा पराजित भएको एमालेले भरतपुरको कार्यपालिका चुनावबाट नगरपालिका बोर्डमा बहुमत कायम गरेको छ । काँग्रेसले मत दिएर एमालेका उम्मेद्वार जिताएका कारण बोर्डमा एमालेको बहुमत पुगेको थियो । भरतपुर कार्यपालिका चुनाबमा माओवादी काँग्रेस गठबन्धन कायमै रहे पनि मत एमालेले पाएको थियो ।
 
आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि एमाले, माओवादी केन्द्र लगायतका दलहरुको बाम गठबन्धन तयार भएको छ । गठबन्धनकै कारण हिजो चितवनमा एकअर्काको कट्टरविरोधी मोर्चामा उभिएका एमाले र माओवादी केन्द्र यतिखेर एकअर्काका सहयात्री भएर स्थानीय तह निर्वाचनको बिट मारेका छन् ।