नारायणगढ– नेपाली कांग्रेसका नेता एवं चितवन क्षेत्र नं ३ (क)का प्रदेशसभा सदस्य उम्मेदवार दिनेश कोइरालाले कृषकको लागि आवश्यक अनुदान र सहुलियतमा कृषि ऋणको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार भरतपुर–६ केशरबागमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै कोइरालाले आफूलाई जिताएमा कुनै पनि कृषक मारमा नपर्ने बरु कृषकको हकहित र संरक्षण गर्ने बताएका हुन् । …