हिमालयखवर संवाददाता-
काठमाडौँ- करिव एक दर्जन परिणाम र एक सय भन्दा वढी स्थानको मतगणना भईरहदां नतिजामा बामगठन्धनको दवदवा कायमै छ ।
नेपाली कांग्रेस इतिहासमै सवैभन्दा नराम्रोसंग पराजित भई सांसद संख्याका आधारमा तेस्रो पार्टी हुने अवस्था देखिएको छ । मन्त्री देखि कांग्रेसका प्रभावशाली उम्मेदवारहरु पछाडी परेका छन् ।
हालसम्म प्राप्त नतिजा अनुसार नेकपा एमालेले प्रतिनिधि सभाको ९ स्थानमा जित हात पारेको छ । माओवादी केन्द्र २ र स्वतन्त्रले एक स्थानमा जितेका छन् । मतगणना भईरहका क्षेत्रमा एमाले ६२ स्थानमा अघि छ । यस पछि माओवादी केन्द्रका उम्मेदवारले २५ क्षेत्रमा अग्रता लिएका छन् । कांग्रेस उम्मेदवारले भने १५ क्षेत्रमा मात्र अगाडी छन् । संघीय समाजवादी फोरम ८ र राजपा ४ स्थानमा अघि छ ।
काठमाडौ क्षेत्रनं १ मा प्रकाशमान सिंह झिनोे मत विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्र भन्दा अगाडी छन् । नेपालमा भोली सम्म धेरै स्थानको नतिजा आईसक्ने अनुमान छ ।
प्रतिक्रिया