सरकार सपना बाँड्नमै केन्द्रित भयो : महामन्त्री कोइराला

बाँके । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारको कार्य प्रगति सपना बाँड्नमात्रै केन्द्रित भएको बताएका छन् ।    “पानीजहाज र रेलका सपना बाँडेर जनतालाई भुलाइरहेको छ”, महामन्त्री कोइरालाले भने ।    नेपाल महिला सङ्घ केन्द्रीय कार्य समितिले नेपालगञ्जमा आयोजना गरेको महिलाका लागि प्रदेश ५ को प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले वर्तमान सरकार विकासमा…