मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आपराधिक घटना नियन्त्रण गर्न नेकपाको माग

आपराधिक घटना नियन्त्रण गर्न नेकपाको माग


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असन्तुष्ट समूहले मुलुकमा पछिल्लो समय बढेको महिला हिंसा, बलात्कारजस्ता घटनाको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । 
 
सो समूहका संयोजक युवराज सफलले शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै शान्तिपूर्ण तरिकाले बाँच्न पाउने नागरिक अधिकारको रक्षा गर्दै निर्मला पन्त र उनीजस्तै अन्य पीडितलाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न माग गरे । 
 
यस्तै सो समूहले समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी निर्माण सम्पन्न नगर्ने ठेकेदार र सो कम्पनीलाई अविलम्ब कारबाही गरी निर्माण सम्पन्न नगरेकोमा क्षतिपूर्तिसमेत तिराउन माग गरेको छ । 
 
चाडबाडको समयमा हुने कालाबजारी, मूल्यवृद्धि र सामानको कृत्रिम अभाव सिर्जना भएको भन्दै सो समूहले गैरकानूनी काम गर्नेलाई कानूनी दायरामा ल्याउनसमेत आग्रह गरेको छ । 
 
नेपाल भारत सीमा क्षेत्रमा अपराधी घटना बढेको भन्दै नागरिकको जीउधनको सुरक्षा गर्नसमेत माग गरिएको संयोजक सफलले जानकारी दिए ।