काठमाडौँ । उच्चस्तरीय अधिकारसम्पन्न राजनीतिक वार्ता टोलीले विभिन्न माग राखेर भूमिगत भई हिंसात्मक गतिविधि गर्दै आएका १० राजनीतिक समूहसँग वार्ता गरेको छ । देशका विभिन्न स्थानमा सःशस्त्र र निःशस्त्र आन्दोलन गरिरहेका ती समूहलाई वार्ताका माध्यमबाट शान्तिपूर्ण राजनीतिमा ल्याउन प्रयत्न भइरहेको टोलीका संयोजक सोमप्रसाद पाण्डेयले जानकारी दिए । उक्त समूहका अधिकांश नेता तथा कार्यकर्ता…