गैँडाकोट । देशभर बढदै गएको महिला हिंसा र बलात्कारका घटनाविरुद्ध सबै जागरुक हुनुपर्ने सन्देशसहित नेपाली बाजे नव क्रियाशील सामाजिक सञ्जालले शुक्रबार भृकुटीचोकदेखि गैँडाकोट नगरपालिकासम्म सचेतनामूलक ¥याली आयोजना गरेको छ ।
¥यालीमा सयौँको संख्यामा उपस्थित व्यक्तिहरुले महिला हिंसा अन्त्य गर, बलात्कारीलाई फाँसी दे, कमजोर कानुन चाहिँदैन, हिंसा गर्न पाइँदैनजस्ता नारावाजी गरेका थिए । ¥यालीपछि गैँडाकोट नगरपालिका अगाडिको चौतारोमा कोणसभा गरिएको थियो ।
कोणसभामा बोल्दै गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कँडेलले समाजमा भइरहेका महिला हिंसा, बलात्कार, हत्याजस्ता घटनाका दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने बताइन् ।
संस्थाका अध्यक्ष दिवस सापकोटाले युवाहरु सामाजिक सञ्जालमा मात्र क्रियाशील नभएर सामाजिक सञ्जालको माध्यमबाट समाजका विकृति विसंगति अन्त्यका लागि आवाज उठाउन सक्छन् भनेर कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा बेटर नवलपरासी, जेसी वाईसीएन, वाईएफसीएन सहआयोजक रहेका थिए । हरियाली संस्था, लायन्स क्लब अफ वागेश्वरी, गैँडाकोटमा रहेका विभिन्न विद्यालयहरुको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया