काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभाको बैठकमा सहभागी भएर काठमाडौं फर्किएपछि केही दिनअघि संसदमा वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको बारेमा गरेको आलोचनाप्रति टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओलीले स्वदेश फिर्तापछि त्रिभुवन विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा आफ्नो र माधवकुमार नेपालको सम्बन्ध २९ सालदेखिको भएको बताए ।
नेता नेपालले संसदमा गरेको सम्बोधन आफूले सबै नसुनेको भन्दै उनले पुरानो गीतको सम्झना हुनु कुनै ठूलो कुरा नभएको बताए । ‘मैले त सबै सुनेको छैन । एउटा पुरानो गीत सम्झनुभयो भन्ने सुनेको छु । बोल्दै जाँदा एउटा गीत सम्झिन सकिन्छ । ठूलो कुरा केही होइन । सरकारको लक्षण र गति तपाइँहरुले देख्नुभएकै छ ।’
उनले कतिपयले सरकारलाई गाली गर्दा सन्तोष मान्ने गरेको बताए । ‘नेपाल गरिब ७ महिनामा भएको हो रु नेपालका बाटा पहिला चौडा थिए, नबनेका अहिले ७ महिनामा हो रु’ ओलीको प्रश्न थियो, ‘केहीले सरकारलाई गाली गर्दा सन्तोष मान्छन् ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पछिल्लो समय विकास निर्माणका काम नभएको, हत्याहिंसा र बलात्कारका घटना बढ्दै गएको र आमजनता निराश भएको भन्दै सरकारको टिप्पणी गरेका थिए ।
प्रतिक्रिया