काठमाडौं – आइतबार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी गरएको छ । केहीबेर मात्र अगाडी सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार ठूला भूकम्प गइसकेपछि लामो समयसम्म यस्ता परकम्प आइरहने बताइएको छ । जनमानसमा फेरी एकपटक भूकम्पको त्रास सिर्जना भएको छ ।
भूकम्पको धक्का उपत्यकामा महशुस गरिएको थियो ।
प्रतिक्रिया