नेपाल

दाङमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

दाङमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु


दाङ – दाङको तलुसीपुर नगरपालिकामा शैक्षिक भ्रमणमा गएका विद्यार्थीहरू चढेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । ३७ जना सवार बस दुर्घटना हुँदा  १५ जना भन्दा बढी घाइते भएका छन् । बा ४ ख ९७६६ नम्बरको  कृष्णसेन इच्छुक पोलिटेक्निकल ईन्स्टिच्यूट सल्यानको बस दुर्घटनामा परेको हो। 
 
मृत्यु हुने चार जना महिला १८ जना पुरुष रहेको दाङ प्रहरीले जनाएको छ। तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर-३ राम्रीमा बस सडकदेखि करिब ७ सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शैक्षिक भ्रमणका लागि कृष्णसेन ईच्छुक पोलिटेक्निकल ईन्स्टिच्यूटका  विद्यार्थीहरूलाई लागिएको थियो बोटनीको अध्ययनको लागि सल्यानको छायाक्षेत्र पुगेर फर्किँदै गरेको बस दुर्घटना भएको हो I   
 
उनीहरू  स्थलगत अवलोकनका लागि शुक्रवार बिहान कपुरकोट गएका थिए। दुर्घटनामा घाइते भएका ११ जनालाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ, अरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये केहीको अवस्था गम्भीर छ ।  तस्बिर: सामाजिक सञ्जाल