काठमाडौँ । नेपालका बहुचर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले सोमबार दिउँसो अदालती विवाह गरेका छन् । उनीहरुले कानुनबमोजिम काठमाडौँ जिल्ला अदालतमा विवाह गरेको रविले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै व्यक्तिगत जीवनले नयाँ मोड लिएको बताएका छन् । एकअर्काका परिवार, आफन्त र नातागोताको छलफल…