काठमाडौं । नेपाल रिपब्लिक मिडियाले स्वामित्व परिवर्तनको चर्चामा कुनै सत्यता नभएको जनाएको छ । रिपब्लिक मिडियाको तर्फबाट समृद्धि ज्ञवालीले सोमबार सामाजीक सञ्जाल (फेसबुक) मा स्टाटस लेख्दै सञ्चारमाध्यमहरुमा आएका र बाहिर सुनिएका चर्चाहरु काल्पनिकमात्र भएको दावी गरेकी छिन् । आफ्नो मिडियाले पछिल्ला समयमा भ्रष्टाचारका बारेमा धारावाहिक रुपमा स्टोरीहरु प्रकाशित गर्दैै आएर समाजमा तरङ्ग ल्याएको…