मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डा केसीको पक्षमा चिकित्सक संघले रिले अनसन गर्ने

डा केसीको पक्षमा चिकित्सक संघले रिले अनसन गर्ने


काठमाडौं । नेपाल चिकित्सक संघले डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भोलिदेखि रिले अनसन सुरु गर्ने भएको छ ।
 
आइतबार काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा भएको चिकित्सकहरुको भेलाले केसीको माग पूरा गरी जीवन रक्षाको माग गर्दै रिले अनसन सुरु गर्ने निर्णय गरेको हो ।
 
काठमाडौं उपत्यकाका चिकित्सकहरुले त्रिवि शिक्षण अस्पतालमा नै रिले अनसन गर्ने चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले जानकारी दिए ।
 
‘काठमाडौं उपत्यकाबाहिरका डाक्टरहरुले आफू कार्यरत अस्पतालमा वा संघको शाखा कार्यालयमा रिले अनसन बस्नेछन्’ उनले भने । 
 
यसअघि चिकित्सक संघले सरकारलाई केसीको माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो । आफूसँग १५ औं अनसनका क्रममा भएको सहमति हुबहु पालना गर्दै चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतका माग राखेर १८ दिनदेखि केसी १६ औं अनसनमा छन् ।