मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमतीलाई बलात्कार आरोपमा श्रीमान् पक्राउ

श्रीमतीलाई बलात्कार आरोपमा श्रीमान् पक्राउ


भक्तपुर । पत्नीलाई उनको इच्छा र चाहनाविपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् । 
 
आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका–९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए । 
 
यही माघ ४ गते आफ्नै पतिले जबर्जस्ती बलात्कार गरेको भन्दै श्रीमतीले यही माघ ६ गते जोहेरी दिएपछि सोही दिन प्रसूति गृह थापाथलीमा महिलाको स्वास्थ्य परीक्षण गरी खड्कालाई पक्राउ गरेको उनले जानकारी दिए । प्रहरीले वैवाहिक बलात्कार ऐनअन्तर्गत मुद्दा चलाएर घटनाको थप अनुसन्धान जारी राखेको प्रनाउ केसीले जानकारी दिए । 
 
भक्तपुरमा वैवाहिक बलात्कारको घटनामा उजुरी आएको यो दोस्रो घटना भएको प्रहरी उपरीक्षक हिमालय केसीले जानकारी दिए । उनका अनुसार गत जेठ २३ गते सूर्यविनायक नगरपालिका–७ स्थित ३४ वर्षीया पत्नीले आफ्नो शारीरिक र मानसिक अवस्था ठीक नभएको अवस्थामा समेत २०७३ भदौदेखि २०७४ साल चैत २ गतेसम्म पतिले पटकपटक बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।
 
आफ्ना पति उदयपुर त्रियुगा नगरपालिका–१ का ४२ वर्षीय विशाल भन्ने तेजप्रसाद खतिवडाले बलात्कार गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरे पनि हालसम्म फरार रहेका छन् । 

शेयर गर्नुहोस:

0
Shares