काठमाण्डौ – डा. गोबिन्द केसीको जीवन रक्षा तथा संसदबाट पारित चिकित्सा शिक्षा बिधेयकको बिरोधमा नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपमा केहि विद्यार्थी घाइते भएका छन् ।
सरकार अधिनायकवादी शैलीमा चलेको आरोप लगाउँदै आइतबार नेपाली कांग्रेस भ्रातृ संगठनहरुले गरेको संयुक्त प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको हो । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सरकारले प्रतिनिधिसभाबाट पारित गरेपछि झनै आक्रोशित भएको नेपाल विद्यार्थी संघले त्यसको विरोधमा काठमाण्डौको चावहिलमा रहेको पशुपति बहुमुखी क्याम्पस अगाडि सरकारविरुद्ध चर्को नारा लगाउँदै प्रधानमन्त्री ओलीको पुत्ला दहन समेत गरेका थिए ।
प्रदर्शनबाट प्रहरीले १५ जना नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको नेविसंघ अध्यक्ष नैनसिह महरले जानकारी दिए ।
यसै गरि नेपाल विद्यार्थी संघले आइतबार साँझ सरकारको विरोधमा मसाल जुलुस निकालेको छ । नेविसंघले पक्राउ परेका आफ्ना कार्यकर्ताको समेत रिहाइको माग गरेको छ ।
प्रतिक्रिया