मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डा केसीको समर्थनमा ऐक्यबद्धता जनाउँदै बृहत प्रदर्शन

डा केसीको समर्थनमा ऐक्यबद्धता जनाउँदै बृहत प्रदर्शन


काठमाडौं । लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको मागसहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहीबार राजधानीमा बृहत प्रदर्शन गरेका छन् ।
 
प्रदर्शन केसीको मागमा ऐक्यबद्धतासहित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, बढ्दो हत्या हिंसा तथा भ्रष्टाचारसहितका मुद्दामा केन्द्रित रहेको छ ।
 
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदर्शनमा लोकतन्त्रवादी सबै पेशागत संघ संगठनको सहभागीता रहेको जानकारी दिए । प्रदर्शनको नेतृत्व प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले गरेका छन् ।
 
प्रदर्शनमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियरर्सका अध्यक्ष लक्ष्मण केसी, प्रेस युनियन महासचिव शिवाकोटी, डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष योगेन्द्र अधिकारी, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेल, डेमोक्रेटिक एग्रिकल्चर एसोसियसनका अध्यक्ष सुर्य पौडेल, त्रिवी प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष भोला सिग्देल, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना सहितका हजारौ बुद्धिजीविहरु सहभागी छन् ।
 
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै केसीले संसदलाई विश्वासमा लिन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उनले डा केसीको पक्षमा खुट्टा नकमाइ उभिन चिकित्सक संघलाई आह्वान् गरे ।
 
डिएलएका अध्यक्ष योगेन्द्र अधिकारीले लोकतन्त्र, कानुनी शासनको विपक्षमा उभिएको सरकारले नैतिकताको आधारमा सत्ता छाड्नुपर्ने बताए ।