मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डा केसीको समर्थनमा उत्रिएका १७ चिकित्सक पक्राउ

डा केसीको समर्थनमा उत्रिएका १७ चिकित्सक पक्राउ


काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालअगाडि सडक अवरोध गर्न खोज्ने १७ चिकित्सकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 
 
अनशनरत डा गोविन्द केसीको समर्थनमा प्रदर्शनमा उत्रिएर सडक अवरोध गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 
 
उनका अनुसार पक्राउ परेका चिकित्सकलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ । 
 
पक्राउ पर्नेमा डा सुमित पाण्डे, डा विशाल अग्रवाल, डा हेमन्त बाँस्तोलालगायत छन् । चिकित्सकले भने शान्तिपूर्ण ¥यालीका क्रममा चिकित्सकलाई पक्राउ गरेको दाबी गरेका छन् । 
अनशनरत प्राडा केसीको मागका पक्षविपक्षमा आन्दोलन सञ्चालन हुन थालेपछि सर्वसाधारण बिरामीले पाउनुपर्ने आधारभूत र अनिवार्य स्वास्थ्य सेवामा विगतदेखि नै प्रतिकूल असर पुग्दै आएको छ । 
 
चिकित्सा शिक्षा क्षेत्रमा सुधार र विगतमा आफूसँग भएका सहमतिअनुसार कानून बनाउनुपर्नेलगायतका सवाल उठाई गत पुस २६ गतेबाट डा केसी १६औँ पटक अनशनमा बस्दै आएका छन् । 
डा केसीका अधिकांश माग प्रतिनिधिसभा र राष्ट्रियसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएकाले अनशनको औचित्य नभएको सरकारले बताउँदै आएको छ ।